• ट्रेण्डिङ :

पेस्तोल भुईमा पड्काउदा रिभर्ज भएर दुई जना घाईते

पेस्तोल भुईमा पड्काउदा रिभर्ज भएर दुई जना घाईते

cnewsnepal

आइतबार, फाल्गुन ६ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । काठमाडौंकाे चन्द्रागिरि स्थित बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किँदा दुई जना घाईते भएका छन् ।

सवारी डिउटी सकेर पेस्तोल बुझाउने क्रममा पेस्तोल खाली गरेर बुझाउने क्रममा एकाएक पड्किँदा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा बडिगार्ड जवान आशिष कुमार जैसवाल र सर्लाही ईशानपुर वर्ष ४६ प्रेम नारायण महताे घाईते भएकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ । जैसवालकाे खुट्टाकाे पिडुल्लामा गाेली छेडेर बाहिर निस्केर महताेलाई क्षति गर्दा दुवै घाईते भएका हुन् । घाइते बडिगार्ड सिपाही आशिष जैसवाल र महताेकाे मिड पाेईन्ट अस्पताल सतुङ्गलमा उपचार भईरहेकाे छ । दुवै जना खतरामुक्त भए पनि गाेलीकाे चाेटका कारण उपचार गराईरहेका छन् ।

‘इन्स्पेक्टरले सवारी ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएको देखिन्छ। प्रहरी साेतका अनुसार पेस्तोल ड्याम डिउटी अफिसर कक्ष अगाडि रहेकाे ढाेका अगाडि पड्किँयाे,पेस्तोल भुईमा पड्किँदा रिर्भस हुदा अचानक दुई जनालाई छेड्याे ठुलाे दुर्घटना टर्याे । प्रहरी स्राेतले भन्याे, पेस्तोल खाली गर्ने क्रममा म्यागजिन निकालेर कक गर्नेक्रममा चेम्बरमा अड्किएकाे गाेली भुईमा ठाेकिदा अकल्पनीय दुर्घटना हुन पुग्याे ।

यस विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन समेत दिएका छन्।

इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न प्रहरी परिसर टेकुमा तानेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार