६ मंसिर,काठमाडौँ – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा सोमबारदेखि सप्ताह ब्यापी ट्राफिक व्यवस्थापन सुधार कार्यक्रमको समुद्घाटन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरिक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको उद्घाटन गरिएको हो ।
सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा महत्त्वपूर्ण भुमिका खेल्दै आएकाे कास्की ट्राफिकले सवारी चालक र यात्रुलाई ट्राफिक नियम सम्बन्धी शिक्षा दिने १००० पर्चाहरू वितरण गर्नुका साथै सडक प्रयोगकर्ता निर्देशिका पुस्तिका २०० थान प्रदान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकै मुख्य चोकको रुपमा रहेको पृथ्बीचोकमा गरिएको कार्यक्रमा जेब्राक्रसमा पैदल यात्रीहरुलाई पहिलो प्रथामिकता दिऊ, लेन अनुशासन पालना गरौ, अगाडी मात्र सवारी रोकौ, वायाँ साईड सधै खुल्ला राखौ, गोल घुम्तिमा रहेको सवारीलाई पहिलो प्रथामिकता दिऊ लगायतका प्ले कार्ड सहित सवारी चालकले ध्यान दिनु पर्ने कुराहरु, बस चढ्दा ओर्लदा ख्याल गर्नु पर्ने कुराहरु, पैदल यात्रीहरुले सडकपार गर्दा ध्यान दिनु पर्ने कुराहरूको जानकारी दिएको कास्की ट्राफिक प्रमुख अमृत बहादुर बस्नेतले बताए । त्यस्तै चालक, परिचालक एवं पैदल यात्री गरी १७५० जनालाई ट्राफिक नियमबारे जानकारी दिएको थियो ।
कार्यक्रममा स्थानीय विभिन्न यातायात ब्यबसायी,डिभिजन सडक कार्यालय, पोखरा महानगरपालिका ट्राफिक ब्यबस्थापन माहाशाखा, स्थानिय क्लब, नेपाल खानेपानी संस्थान, पश्चिमाचंल अटो मोवाईल डिलर्स एशोसियसन एवं सडकसँग सम्बन्धित सरोकारवाला निकायहरुका अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागीता थियो ।