काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायली साम्राज्यवादद्वारा थोपरिएको युद्धको विरोध गर्दै विश्वको सबैभन्दा अग्लो नाका थोरङपासमा कालो ब्यानर प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
साम्राज्यवाद र फासिवाद विरोधी विश्वव्यापी मोर्चा युनाइटेड फ्रन्टका लागि नेपालको तर्फबाट युवा उपाध्यक्ष सुवाश जिसीले २०८० मङ्सिर ११ गते कालो ब्यानर प्रदर्शन गर्नुभएको हो ।
पाँच हजार चार सय १६ मिटर अग्लो थोरङपास नाकामा स्वतन्त्र प्यालेस्टाइनको माग गर्दै कालो ब्यानर प्रदर्शन गरेको सो सङ्गठनले जानकारी दिएको छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) का महासचिवसमेत रहनुभएका जिसीले सो स्थानमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद !’, ‘इजरायली फासिवाद मुर्दावाद !’, ‘स्वतन्त्र प्यालेस्टाइन जिन्दावाद !’, ‘युद्ध अपराध बन्द गर !’ नारा लेखिएको कालो ब्यानर प्रदर्शन गरेका थिए ।