८ भदाै ,कास्की । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेशलाई करिव ८० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक स्वाती थापाले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेल मार्फत स्वास्थ तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानले अमेरिकाको प्रोजेक्ट होपको सहयोगमा प्राप्त माक्स, पिपिइ,पन्जा ,डिजिटल थर्मोमिटर , आइसोलेसन गाउनलगाएतका स्वास्थ्य समाग्री प्रदान गरेको हो । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ध्यान कोरोना महामारी नियन्त्रण र रोकथाम गरि जनताको जिवन रक्षामा रहेको बताए । उनले प्रतिष्ठानले प्रदान गरेको सहयोगले कोरोना नियन्त्रणमा मद्धत पुग्ने जिकिर गरे ।
त्यस्तै प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक थापाले मुलुकभर नै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सामाजिक गतिविधिमा लामो समय देखि क्रियासिल गैर नाफामुलक सामाजिक संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानले विगतदेखी शिक्षा, स्वास्थ्य, बातवरण, जनचेतना, प्रशिक्षण लगाएतका कार्यहरु गर्दै आई रहेको छ ।
https://fb.watch/7ASpbRay1p/
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त