• ट्रेण्डिङ :

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सेवासुविधा

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सेवासुविधा

cnewsnepal

मंगलबार, भाद्र ३० २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


३० भदौ, काठमाडौँ । सरकारले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको ज्ञवालीले बताए ।

राष्ट्रियसभा हुँदै अर्थमन्त्री बनेका खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार