• ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीको मौसम विभाग निरीक्षण ऊर्जा मन्त्री दीपक खड्का पनि सहभागी (तस्बिरहरू)

प्रधानमन्त्री ओलीको मौसम विभाग निरीक्षण ऊर्जा मन्त्री दीपक खड्का पनि सहभागी (तस्बिरहरू)

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१३ जेठ,काठमाडौं । बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासहितको टोलीले निरीक्षण गरेका छन्।

मंगलबार अपराह्न ४:१५ बजे सम्पन्न कार्यक्रममा मौसम पूर्वानुमान प्रणालीको वर्तमान अवस्था, सुधारका सम्भावना र आगामी योजनाबारे जानकारी लिइएको थियो।

प्रधानमन्त्री ओलीले मौसम पूर्वानुमान प्रणालीलाई अझ आधुनिक र भरपर्दो बनाउने आवश्यकतामा जोड दिँदै विभागको कामको सराहना गरे। उर्जा मन्त्री दीपक खड्काले मौसम पूर्वानुमान ऊर्जा योजनासँग जोडिएको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे।

निरीक्षण कार्यक्रममा विभागका महानिर्देशक, वरिष्ठ प्राविधिक, प्रधानमन्त्रीको सचिवालय, उर्जा मन्त्रीको सचिवालयका पदाधिकारी तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो।

तस्बिरहरू:

 

प्रतिक्रिया
सम्बन्धित समाचार