• ट्रेण्डिङ :

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर बहिर्गमित जनमुक्ती सेना नेपालले आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर बहिर्गमित जनमुक्ती सेना नेपालले आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण

cnewsnepal

शुक्रबार, साउन ८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


८ साउन काठमाडौं । बहिर्गमित जनमुक्ती सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर अाफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

बहिर्गमित जनमुक्ती सेना नेपाल प्रबक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास)ले बिगत लामो समय देखि उठाउदै आएको मागमुद्वा बारे र अघिल्लो केपि ओलि सरकार ले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखिकरण सम्मान समिती निर्माण गरि गरिएको सम्मान लाई निरन्तरता दिई अगाडी बढाई ब्यबस्थापन सहित सम्बोधन हुन बाकी रहेका बुदाहरु कार्यवयन मा लैजाने बिषयमा छलफल भएकाे बताए ।

तत्कालीन नेकपा माअाेवादीले सुरू गरेकाे १० बर्षे जनयुद्ध पश्चात् शान्ति सम्झौता र नेपाल सरकार र माओवादी विच अनमिनले गरेकाे प्रमाणिकरणमा ४००९ जनालाई २०६६ सालमा अयाेग्य ठहर गर्दै बिना सम्मान घर पठाएपछि उनिहरू रुष्ट बन्दै आईरहेका छन् ।

तत्कालीन युद्धका कमान्डरहरू उपराष्टपति प्रधानमन्त्री र मन्त्रीहरू बन्दै आईरहेका छन् तर ती अयोग्य जनसेनाबाट बन्नेका मन्त्रीहरू याेग्य र हामीहरूलाई लगाएकाे बिला चाहिँ सधै अयोग्य उनिहरूकाे प्रश्न गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा सँग भएकाे छलफल सकारात्मक भएकाे उपाध्यक्ष थापाले जानकारी दिए ।

उपाध्यक्ष थापाका अनुसार प्रधानमन्त्रीले बाकी अधुरो शान्ती प्रकृयालाई पुर्णता दिन र बहिर्गमित जनमुक्ती सेना नेपाल ले उठाउदै आएको मागमुद्वा लाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएकाे बताए ।

बहिर्गमित जनमुक्ती सेना नेपाल आफ्ना माग र मुद्दाको सम्बन्धमा पटकपटक सडक संघर्षरत रहदै आएकाे छ ।             

 

प्रतिक्रिया
सम्बन्धित समाचार