• ट्रेण्डिङ :

लेखापालको सरुवा गर्न नस्कदा आईजीपी निरिह!

लेखापालको सरुवा गर्न नस्कदा आईजीपी निरिह!

cnewsnepal

सोमबार, भाद्र ७ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


७ भदौ,काठमाडौं । नेपाल प्रहरीमा नयाँ आर्थिक वर्षको भदौ लाग्दा सम्म पनि लेखापालको सरुवा गर्ने सकेकाे छैन् ।

साउनकाे दाेश्राे हप्तामा निकाल्ने भनिएकाे लेखापालकाे सरूवा सरकार परिवर्तन भए संगै अन्याैलमा परेकाे हाे ।

प्रहरी प्रधान कार्यालयकाे आलेपबाट साउनमा काज सरूवा हुने गरि लेखापालहरू छनाेट भएका थिए । प्रहरीकाे उच्च स्राेतका अनुसार शेरबहादुर नेतृत्वको सरकार आए संगै केपी ओली सरकारमा सिफारिस परेका सवै बदर भएकाे र नयाँ छनाेट गर्नु परेका कारण लेखापाल पठाउन ढिलाई भईरहेकाे बताएकाे छ ।

आर्थिक वर्षकाे सुरुवातसँगै लेखापालहरुको सरुवा हुन्छ । दुई वर्ष अवधि पुगेका सबै लेखापालको सरुवा गर्ने मापदण्ड नेपाल प्रहरीमा छ ।

नेपाल प्रहरीले मापदण्ड र नीति समेत तर्जुमा गरि लेखापाल खटनपटन गर्ने कार्यविधि समेत तयार पारेकाे छ ।

लेखापालहरू शक्ति केन्द्रहरूमा भन्सुन गर्ने जाने र राम्रो स्थान सुरक्षित गर्ने परिपाटी बसिसकेकाे छ । शक्ति केन्द्र र पहुचवालाका अगाडि प्रहरीका हाकिमहरू निरीह बन्ने गरेका छन् ।

सरुवामा भएको अत्याधिक चलखेलका कारण प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गर्न सकेको छैनन् ।

गृहमन्त्री निकट व्यक्तिहरुबाट आएको दबाबका कारण सरुवाको निर्णय हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
यसपटक करिब एक सय कार्यालयमा लेखापालको सरुवा हुँदैछ । जसमध्ये चार वटा इन्सपेक्टरका पद छन् । सबै लेखापाल नेताहरु भेट्ने धेरै कमाइ हुने कार्यालयमा सरुवा लागि लागेपछि सरुवाको निर्णय हुन नसकेको हो । भदाैकाे पहिलाे हप्ता सम्म लेखापालहरू कार्य क्षेत्रमा जान कुनै टुङ्गाे नहुदा अन्याैल कायम गरेकाे छ ।

प्रहरी महानिरीक्षक थापाले भदाैकाे ७ गते बेलुका सम्म नाम शार्वजनिक हुनु पर्ने बताएको स्राेतकाे दावी छ ।

नेपाल प्रहरीमा असई देखि प्रहरी निरीक्षकहरू राम्रो स्थानमा जान सवै ईच्छुक हुदा शक्ति र पावर साे अफ गर्दा लेखापाल बिवाद नेपाल प्रहरीमा वढ्दाे देखिएकाे छ । लेखापाल नहुदा प्रहरी कर्मचारीहरूले तलव खान नपाएकाे गुनासाे समेत आउन थालेकाे छ ।

नेपाल भर रहेका बजेट चल्ने कार्यालयरू क,ख ग घ रहेका छन् । तराई,पहाडी,हिमाली जिल्ला वृत्त र वडा कार्यालयहरू यसमा पर्छन । बढि बजेट चल्ने र जिल्ला र प्रहरी नायव महानिरीक बस्ने स्थान सुरक्षा गर्ने लेखापालहरूका कारण समस्या खडा भएकाे हाे ।

एक पटक लेखापाल तालिम गरेपछि लेखापालको ६ वर्षे सेवाहद हुने नियम छ र गएकाे एउटा लेखापाल दुई बर्ष सम्म काम गर्ने अवसर हुनेहुदा लेखापाल जान प्रहरीका जुनियर अधिकृत देखि सिनियर प्रहरी अधिकृत प्रहरी निरीक्षक सम्म मरिहत्ते गर्ने गरेका छन् । प्रहरी महानिरीक्षककाे कार्यालयमा भने डिएसपीकाे दरवन्दी कायम गरिएकाे छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार