• ट्रेण्डिङ :

प्रहरीको सह-प्रवक्तामा एसएसपी विश्व अधिकारी

प्रहरीको सह-प्रवक्तामा एसएसपी विश्व अधिकारी

cnewsnepal

सोमबार, असार ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार