• ट्रेण्डिङ :

प्रहरीलाई आक्रमण गर्न थाले पछि दुई जनालाई गाेली हानेर नियन्त्रण लिएका हाै : एसपी राणा

प्रहरीलाई आक्रमण गर्न थाले पछि दुई जनालाई गाेली हानेर नियन्त्रण लिएका हाै : एसपी राणा

cnewsnepal

बिहिबार, जेष्ठ २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२९ जेठ,काठमाडौं । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बाल नर्सिङ राणाले रिदम ढुंगाना र मिलन चन्द रहेकाे बताए । उनले दुवैलाई गोली लागेको छ । घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको छ ।”

एसपी राणाका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताए । प्रहरीका अनुसार दुई राउन्ड हवाई फायर गरिएको र आत्मरक्षाको लागि चलाइएको अर्को दुई राउन्ड गोली प्रतिवादीहरूको खुट्टामा लागेको जनाएको छ । घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार