• ट्रेण्डिङ :

प्रहरी निरीक्षक हिक्मत बहादुर थापा ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक हिक्मत बहादुर थापा ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

cnewsnepal

बुधबार, असार ४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


४ असार,काठमाडौं । प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर थापा “जेठ महिनाको उत्कृष्ट प्रहरी” घोषित भएका  छन् ।

प्रहरी वृत्त थानकोटले अपराध नियन्त्रण, भन्सार राजस्व चुहावट नियन्त्रण तथा लागू औषध सम्बन्धी क्रियाकलाप नियन्त्रणमा उनले पुर्‍याएको सक्रिय भूमिका र प्रभावकारी कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रशंसा-पत्र प्रदान र नगद सहित अभिलेखमा राखिने गरि सम्मानित  गरेको हो।

थापाको नेतृत्वमा २०८२ जेठ १२ गते १२.१७६ किलोग्राम चाँदीसहित एक व्यक्ति तथा २०८२ जेठ २२ गते २७४ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका थिए।

काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुंगा क्षेत्रमा कार्यरत प्रहरी निरीक्षक थापाले तालुक कार्यालय तथा माथिल्लो निकायबाट प्राप्त निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रको शान्ति सुरक्षामा विशेष योगदान दिएकाे प्रहरी वृत्त थानकोटले जनाएको छ।

नागढुंगा जानुअघि थापा कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत रहेका थिए । प्रहरी निरीक्षक थापाले मुख नाका बाट हुने अपराधीक कृयाकलाप पुर्ण रूपमा निस्तेज पार्दे आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार