• ट्रेण्डिङ :

प्रहरी प्रवक्तामा डिआइजी विनोद घिमिरे

प्रहरी प्रवक्तामा डिआइजी विनोद घिमिरे

cnewsnepal

शुक्रबार, जेष्ठ २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले उनलाई बिहीबार प्रवक्ताको जिम्मेवारी दिएको हो।

यसअघि सचिवालयमै रहेका एसएसपी रमेश थापा प्रवक्ता भएका थिए। उनलाई सहप्रवक्ता तथा सूचना अधिकारीको रूपमा राखिएको छ।

डिआइजी घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार