१० वैशाख,काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (अवकाश प्राप्त) स्व. दुर्लभ कुमार थापालाई प्रहरी महानिरीक्षक दिपक थापाले अन्तिम बिदायी गरेका छन् ।
९७ वर्षको उमेरमा वि.सं. २०८२ साल वैशाख ९ गते स्वर्गारोहण गर्नुभएको दुःखद् खवरले सम्पूर्ण प्रहरी संगठन शोकमा डुबेको छ ।
नेपाल प्रहरीले स्व. थापाको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको छ।
स्व. थापाको अन्त्येष्टि पशुपति आर्यघाटमा प्रहरी सम्मानका साथ सम्पन्न गरिएको हो। अन्त्येष्टि समारोहमा प्रहरी महानिरीक्षक दीपक थापा, प्र.अ.म.नि, स.प्र.म.नि. राजु अर्याल, अवकाश प्राप्त प्र.म.नि. तथा वरिष्ठ प्रहरी अधिकृत उपस्थिति रहेको थियो।
प्रहरी महानिरीक्षक दीपक थापाले स्व. दुर्लभ कुमार थापाको योगदानप्रति श्रद्धा व्यक्त गर्दै भन्नुभयो,
“उहाँको इमानदारिता, नेतृत्वदक्षता र संस्थाप्रति समर्पणले आजको नेपाल प्रहरीको आधार निर्माणमा गहिरो प्रभाव पारेको छ। उहाँ जस्ता अनुकरणीय पात्र हामीबीच नहुनु गहिरो क्षतिको विषय हो।”
सो अवसरमा प्रहरी महानिरीक्षक दीपक थापा लगायत उच्च प्रहरी अधिकारीहरूले नेपाल प्रहरी झण्डाले आवरण ओढाई स्व. थापाप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
नेपाल प्रहरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। एक कुशल, अनुशासित र प्रेरणादायी अभिभावक गुमाउनु परेको यस क्षणमा सम्पूर्ण प्रहरी परिवार मर्माहत भएको बताइएको छ।
तस्बिरहरू हेर्नुस ।

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त