• ट्रेण्डिङ :

फेसबुकमा भिडिओ, फोटो राख्ने सशस्त्र प्रहरीका १६६ जनामाथि कारबाही

फेसबुकमा भिडिओ, फोटो राख्ने सशस्त्र प्रहरीका १६६ जनामाथि कारबाही

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा शुक्रबार परिचालित सुरक्षाकर्मी । सुनसरी प्रशासनले इनरुवा नगरपालिकासहित हरिनगर, देवानगन्ज, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तस्बिर : नवीन गड्तौला/रासस

२३ बैशाख,काठमाडौँ । सशस्त्र प्रहरीले सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना कर्मचारीहरूमाथ कारबाही गरेको छ ।

संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

२ वर्षको अवधिमा कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म रहेका छन्।

उनीहरुले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाका भिडिओ र तस्विर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेको सहप्रवक्ता थापाले बताए।

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, बरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन्।

उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको थापाले बताए। त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार