काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ८ बजेपछि फेसबुकमा समसया देखिएको हो । सिस्टमा एकाएक् लगइनमा समस्या आएपछि सामाजिक सञ्जालवाट विस्तापित भएका छन् ।
प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन । सुरुमा प्रयोगकर्ताले ह्रयाक भयो भने सोचेको धेरैले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार