• ट्रेण्डिङ :

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

cnewsnepal

शनिबार, बैशाख १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


१५ वैशाख ,बझाङ । बझाङ प्रदेशसभा निर्वाचन (१ं) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र ९१० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले जानकारी दिए ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार