काठमाडौं । नेपाल प्रहरीको जनपद समुहतर्फ हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापन गरिएको छ।
सोमबार बसेको बैठकले बढुवा पश्चात् उनीहरूको नयाँ जिम्मेवारी तोकेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार दान बहादुर कार्की मानवश्रोत विकास विभागमा पदस्थापन गरेकाे छ ।
चन्द्र कुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा, लालमणी आचार्यलाई कार्य विभागमा, कृष्णहरी शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ। यस्तै राजन अधिकारी अपराध अनुसन्धान विभागमा तथा डा. मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार