• ट्रेण्डिङ :

बाँकेमा बम विष्फोट, राजमार्गमा क्षति

बाँकेमा बम विष्फोट, राजमार्गमा क्षति

cnewsnepal

आइतबार, भाद्र ३१ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


बाँके ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ ।
विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।  सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार