बागलुङको निसिखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडि लोकमार्गबाट तल खसेको हो । दुर्घटनामा २० जना घाइते भएका छन्।
बस सडकबाट करिव १ सय ५० मिटर तल पुगेको र उद्धारकार्य जारि रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ । मृतकको सनाखत भईसकेकाे छैन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार