• ट्रेण्डिङ :

बाढीपहिरो र डुबान : २१७ जनाको मृत्यु, २८ बेपत्ता

बाढीपहिरो र डुबान : २१७ जनाको मृत्यु, २८ बेपत्ता

cnewsnepal

मंगलबार, असोज १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुगेको छ । २८ जना बेपत्ता छन् ।

१४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुगेको छ । २८ जना बेपत्ता छन् ।

१४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले बताएका छन् ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार