• ट्रेण्डिङ :

बाढी/पहिरो र डुबान अपडेट : १ सय ११ को मृत्यु, ४२ घाइते, ३७ बेपत्ता

बाढी/पहिरो र डुबान अपडेट : १ सय ११ को मृत्यु, ४२ घाइते, ३७ बेपत्ता

cnewsnepal

शुक्रबार, कार्तिक ५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । बेमौसमी बाढी/पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीको बुलेटिन समाचार अनुसार अविरल वर्षाका कारण कात्तिक १ देखि आएको बाढी/पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

बाढी/पहिरो र डुबानमा परी १ नम्बर प्रदेशमा सबैभन्दा बढी भौतिक क्षति भएको छ । १ नम्बर प्रदेशमा ६५ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जनाले ज्यान गुमाएका छन् ।

घाइतेतर्फ प्रदेश नम्बर १ मा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना रहेका छन् ।

यसैगरी बेपत्तातर्फ प्रदेश नम्बर १ मा ११ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता रहेका छन् । हाल बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार