१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।
यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको एक मन्त्रीका निकट स्राेतले जानकारी दियाे ।
मंगलबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको उनले भने ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त