• ट्रेण्डिङ :

बिभिन्न स्थानमा भएका  सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बिभिन्न स्थानमा भएका  सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, ११ साउन । रूपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा लु.४८ प ३०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१६ बस्ने २२ वर्षीय मोहन पराजुलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमती २१ वर्षीया अनु पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, माछापुछ्रे गाउँपालिका-६ धिताल तल्लाफेदीस्थित सडकमा लु.२ च २७२५ नम्बरको बोलेरो जिप र ग.१२ प ५९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा रामकृष्ण टोल बस्ने ४५ वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, पोखरा महानगरपालिका-१७ बरालफिडस्थित सडकमा ग.१९ प ७५०९नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पोखरा बिरौटा बस्ने स्याङजा फेदिखोला गाउँपालिका-४ घर भएका ५० वर्षीय खेम बहादुर गुरुङको आइतबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात घर गएकोमा अचानक टाउको दुख्यो भन्दै बेहोस भएपश्चात उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार