• ट्रेण्डिङ :

बिश्व निकेत माध्यमिक बिधालयको ७७ औं बार्षिकोत्सव सम्पन्न

बिश्व निकेत माध्यमिक बिधालयको ७७ औं बार्षिकोत्सव सम्पन्न

cnewsnepal

शुक्रबार, माघ २० २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौ महानगरपालिका वडा न.११ का अध्यक्ष हिरालाल तन्डुकारको प्रमुख आतिथ्यतामा विद्यालयको ७७ औं वार्षिकोत्सब भब्य तथा सभ्य रुपमा मिति २०७८/१०/१९ गते बिहीबार सम्पन्न भएको छ। सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने ब्यक्तिहरुलाई सम्मान गर्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने विद्यार्थी हरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ, साथै शैक्षिकसत्र २०७८ मा विद्यालयमा उत्कृष्ट सेवा दिने शिक्षक तथा कर्मचारीलाई नगद सहित पुरस्कृत गरेको छ। उक्त कार्यक्रममा बार्षिक परिक्षामा एस इ इ  देखि कक्षा १२ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरु पुरस्कृत भएका छन् । पठनपाठनमा अब्बल रहेका विद्यार्थीहरुलाई विभिन्न महानुभाबहरुबाट स्थापित छात्रवृत्ति एवम् नगद पुरस्कार तथा पदक प्रदान गरेको थियो। विद्यालयमा संचालित खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा बिजयी तीनसय भन्दा बढी छात्रछात्राहरुलाई अतिथिहरुले पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यालय ब्यबस्थापन समितिका साबिक अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा संचालित बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट रिदम भेटवाल र पुर्व प्रअको तर्फबाट निर्मल गिरी, शिक्षा बिभागको तर्फबाट श्रोत ब्यक्ति खोगराज जोशिले शुभकामना मन्तव्य राखेका थिए। प्रधानाध्यापकले विद्यालयको गतिविधि तथा भावी योजनाका बारेमा प्रस्तुत गरेका थिए भने सप्रअ गङ्गा थापाले स्वागत मन्तव्य राखेकी थिइन्। उक्त कार्यक्रमको संचालन सप्रअ केदारप्रसाद दाहाल, शिक्षक दिनेश केसी तथा विद्यार्थीहरु किर्तिका थापा र ज्योति थपलियाले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिबाट विद्यालयको मुखपत्र अर्थात स्मारिका ‘ बिश्व उद्दान ‘ को लोकार्पण भएको छ।

२००३ मा स्थापन भएको बिद्यालय सामुदायिक तर्फ नेपालकै उत्कृष्ट मध्यमा पर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार