• ट्रेण्डिङ :

बुटवल पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा,पहिरोले तीन वटा घर पुर्‍याे(भिडियो सहित )

बुटवल पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा,पहिरोले तीन वटा घर पुर्‍याे(भिडियो सहित )

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


अविरल बर्षाका कारणबुटवलको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ ।

चुरे पहाड तल रहेको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् । पहिरोपछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

यसअघि २०५५ सालमा गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो । https://youtu.be/thRn3-47ndw

प्रतिक्रिया
सम्बन्धित समाचार