• ट्रेण्डिङ :

बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

cnewsnepal

बुधबार, साउन २७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


७ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूराेका प्रवक्ता एवंम सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका (५ घर भइ हाल चन्द्रागिरि नगरपालिका(६ बस्‍दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५ दिन कैद सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले भुसाललाई बुधबार चन्द्रागिरिबाट पक्राउ गरेको प्रेस विज्ञप्तीमा  जनाएको छ ।

भुसालले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी(जानी झुक्यानमा पारी ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ५० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३९ग० बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

भुसाललाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुधबार पेश गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० श्‍याम कुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार