• ट्रेण्डिङ :

बैशाख २७ सम्म थानकोट चित्लाङ सडक पुर्ण रूपमा बन्द

बैशाख २७ सम्म थानकोट चित्लाङ सडक पुर्ण रूपमा बन्द

cnewsnepal

बिहिबार, बैशाख २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ बैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले एक सार्वजनिक सूचना प्रकाशित गर्दै थानकोट-चित्लाङ सडकखण्डको अस्थायी बन्दको जानकारी गराएको छ।

सूचना अनुसार, बीएसपी-जयश्री महालक्ष्मी संयुक्त उद्यम कम्पनीले उक्त सडकखण्डको असीपौवा खोलादेखि देउराली भञ्ज्याङ्गसम्म कालोपत्रे (अस्फाल्ट) गर्ने कार्य सुरु गर्न लागेको छ।

यसका लागि २०८२ साल वैशाख २५ गते बिहान १० बजेबाट वैशाख २७ गते साँझसम्म सो सडकखण्ड पूर्ण रूपमा बन्द गरिनेछ।

वडा कार्यालयले सवारी साधन चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। वैकल्पिक मार्गका रूपमा माथातिर्थ-चखेल हुँदै यात्रा गर्न सुझाव दिइएको छ।

यस सडक बन्दको अवधिमा यात्रुहरूले वैकल्पिक बाटो प्रयोग गरी सहकार्य गरिदिन वडा कार्यालयले अनुरोध गरेको छ।

चित्लाङ सडकखण्डमा कालोपत्रे कार्य सुरु गर्न लागेका कारण अस्थायी रूपमा सडक बन्द गर्नुपर्ने बाध्यता आएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी सहयोग गर्न अनुरोध गर्दछु,” चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले बताए।

सार्वजनिक सूचनामा सडक प्रयोगकर्ताहरूलाई असुविधा हुनसक्ने भन्दै वडा कार्यालयले क्षमाप्रार्थना समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार