२१ फागुन, काठमाडौं । भक्तपुरको राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।
बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका(९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका( ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका भक्तपु प्रहरी परिसरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रवक्ता डिएसपी बसन्त पाठकले खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको बताए । डिएसपी थापाले के कारणले मृत्यु भएको भनेवारे अनुसन्धान गरिरहेको र थापा विहे पाटीवाट ११ वजे आएको प्रारभिक अनुसन्धान वाट देखिएको बताए ।
थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार