• ट्रेण्डिङ :

भक्तपुरमा टिपरसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

भक्तपुरमा टिपरसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

cnewsnepal

आइतबार, असोज २५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार