• ट्रेण्डिङ :

भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

cnewsnepal

बिहिबार, फाल्गुन २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । भक्तपुरमा बसको ठक्करवाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुरको च्याम्हासिंह चोकमा बा।३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापतिको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रजापतिको उपचारको क्रममा गएराति वि।एण्ड।वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको थियो ।

बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार