• ट्रेण्डिङ :

भरीमात्रामा चरेससहित दाङबाट दुईजना पक्राउ

भरीमात्रामा चरेससहित दाङबाट दुईजना पक्राउ

cnewsnepal

बिहिबार, साउन ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


७ साउन, दाङ । प्रहरीले भारी मात्रामा चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाग्लुङ निसिखोला गाउ पालिका –९ का २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाड गाँउपालिका–२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।

अभियुक्तद्वयले गढुवा गाँउपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्रि भईरहेको भन्ने विशेष सुचनाको आधारमा छापामार्दा ९ केजी ९३० ग्राम चरेस सहित बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

पक्राउपरेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार