• ट्रेण्डिङ :

भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट

भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट

cnewsnepal

बिहिबार, भाद्र १० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट प्रदान गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताए । उनले आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए सहज हुने जिकिर गरे ।

अहिले सरकारले खोपलाई प्राथमिकतामा राखेको उनको भनाई छ । उहाले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको बताए ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको बताए ।

 

उनले कोरोनाको महामारी नियनत्रणका लागि भारत सरकारले सदैव नेपाल सरकारलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार