• ट्रेण्डिङ :

भीमेश्वर मन्दिरमा १६ महिनाको अवधिमा ७३ लाख भेटी संकलन

भीमेश्वर मन्दिरमा १६ महिनाको अवधिमा ७३ लाख भेटी संकलन

cnewsnepal

मंगलबार, मंसिर १२ २०८०
पढ्न लाग्ने समय: < ४ मिनेट


सिर्जना थापा खड्का ,दोलखा । दोलखाको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल भीमेश्वर मन्दिरमा भेटीवापत १६ महिनाको अवधिमा करिब ७३ लाख रुपैयाँ संकलन भएको छ ।

भीमेश्वर नगरपालिका २ स्थित ऐतिहासिक धार्मिकस्थल भीमेश्वर मन्दिरमा गत वर्ष र चालु वर्षको मंसिर २ गतेसम्मको अवधिमा ७२ लाख ९९ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हो । मन्दिरमा गत वर्ष ६१ लाख ४० हजार ५ सय २६ रकम संकलन भएको थियो भने चालु वर्षको हालसम्मको अवधिमा ११ लाख ५९ हजार १ सय ६ रुपैयाँ संकलन भएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष २०७९/०८० मा चन्दा बाकस, बलीपूजा, रुद्रिपूजा र सहयोगदाताहरुले चढाएको रकम गरी कुल ६१ लाख ४० हजार ५ सय २६ रुपैयाँ संकलन भएको हो । जसअनुसार मन्दिरको चन्दा वाकसबाट ५१ लाख ७६ हजार ८५५ रुपैयाँ संकलन भएको छ । यस्तै, गत वर्ष सहयोगदाताहरुबाट ६ लाख २१ हजार ६०६ रुपैयँ, बलीपूजा वापत १ लाख ७२ हजार ४ सय र रुद्रिपूजा वापत १ लाख ६९ हजार ६६५ रुपैयाँ संकलन भएको थियो । भीमेश्वर मन्दिरमा चालु वर्षको साउनदेखि हालसम्मको अवधिमा ११ लाख ५९ हजार १ सय ६ रुपैयाँ संकलन भएको छ । मन्दिरमा असोज ३ गतेदेखि कात्तिक १० गतेसम्म ५ लाख ५ हजार ९१६ रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भीमेश्वर नगरपालिका २ स्थित ऐतिहासिक धार्मिकस्थल भीमेश्वर मन्दिरमा गत वर्ष र चालु वर्षको हालसम्मको अवधिमा ७२ लाख ९९ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हो । गत वर्ष २०७९/०८० मा चन्दा बाकस, बलीपूजा, रुद्रिपूजा र सहयोगदाताहरुले चढाएको रकम गरी कुल ६१ लाख ४० हजार ५ सय २६ रुपैयाँ संकलन भएको थियो ।

सो भेटी कात्तिक १७ गते भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र जनपद प्रहरीको रोहवरमा गणना गरिएको थियो । भीमेश्वर मन्दिरमा दर्शनार्थीले चढाएको भेटी, चन्दा बाकसमा राखिएको भेटि, रुद्रि पूजा, बलीपूजाबापत संकलन गरिने रकम भेटीका स्रोतहरु हुन् । मन्दिरको भित्र र बाहिर रहेको चन्दा बाकसबाट भेटी रकम संकलन गरिन्छ । सो बाकस भरिने बित्तिकै सुरक्षा निकाय र मन्दिर व्यवस्थापन समितिको रोहवरमा भेटी गणना गर्ने गरिन्छ । मन्दिरमा रुद्रि पूजा गरेवापत ५१ रुपैयाँ शुल्क लिने गरिन्छ । मन्दिरमा संकलित रकम बैँक खातामा जम्मा गर्ने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा सो रकम जम्मा गरिने समितिले जनाएको छ । जसमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य गरिएको छ ।

भीमेश्वर मन्दिरको व्यवस्थापनका लागि कुनै स्रोतबाट समेत रकम उपलब्ध नहुने भएकाले भेटीवापत संकलित रकमले खर्च गर्ने गरिन्छ । कर्मचारीको तलब पनि सोही रकमबाट व्यवस्थापन गरिन्छ । मन्दिरमा ४ जना टहलवा, एक जना पुरोहित, सरसफाईका २ र एक जना व्यवस्थापक गरी ८ जना कर्मचारीहरु रहेका छन् । 

मन्दिरमा मासिक करिब २ लाख खर्च हुने गर्दछ । भीमेश्वर मन्दिरको व्यवस्थापनका लागि कुनै स्रोतबाट समेत रकम उपलब्ध नहुने भएकाले भेटीवापत संकलित रकमले खर्च गर्ने गरिन्छ । मन्दिरमा गरिने, नित्य पुजा, पूर्बाधार निर्माण, बडादशै, चैतेदशैँ लगायतका मुख्य चाडपर्वमा सोही रकमबाट आवश्यक खर्च गर्ने भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चैते दशैँ र बडादशैँमा वर्षमा दुईपटक गुठी सञ्चालन गर्ने गरिन्छ ।

मन्दिरमा ४ जना टहलवा, एक जना पुरोहित, सरसफाईका २ र एक जना व्यवस्थापक गरी ८ जना कर्मचारीहरु रहेका छन् । कर्मचारीको तलब पनि सोही रकमबाट व्यवस्थापन गरिन्छ । मासिक रुपमा कर्मचारीको लागि मात्रै करिब १ लाख रुपैयाँ खर्च हुने गर्दछ । भीमेश्वर मन्दिरमा संकलन भएको रकमबाट करिब ७५ लाखको अक्षयकोष स्थापना गरिएको छ । सो कोषबाट प्राप्त रकम भीमेश्वर मन्दिरको व्यवस्थापनमा आवश्यकता अनुसार खर्च गर्ने गरिन्छ ।सभार : हाम्रो अपडेट डटकम

प्रतिक्रिया
सम्बन्धित समाचार