• ट्रेण्डिङ :

भूतपूर्व सशस्त्र प्रहरी संघकाे नयाँ नेतृत्वमा थापा

भूतपूर्व सशस्त्र प्रहरी संघकाे नयाँ नेतृत्वमा थापा

cnewsnepal

शुक्रबार, माघ ४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


 काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालका पुर्व अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापा अध्यक्षमा चयन भएका छन् ।

पूर्वसशस्त्र प्रहरी संघको १७औँ साधारणसभा तथा छैठौँ केन्द्रीय अधिवेशनबाट सशस्त्रका अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) थापा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

थापाकाे अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति समेत चयन भएकाे छ । निर्वाचित ३९ सदस्यीय कार्य समितिका सदस्यले हल्चोकस्थित सशस्त्र मुख्यालयमा आयोजित विशेष समारोहबीच शपथ ग्रहण गरेका छन् ।

हिजो सम्पन्न कार्यक्रममा संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार