• ट्रेण्डिङ :

भोटेचौरमा एमसीसी यूवा क्लबको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

भोटेचौरमा एमसीसी यूवा क्लबको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

cnewsnepal

बुधबार, असोज २७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा मोटिभेसनल क्रियटिभ क्लबले बिजया दशमीका अवसरमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फूलपातीका दिन मंगलबार सरस्वती माविको प्राङ्गढमा गरिएको सो कार्यक्रममा प्रमुख अतिथि रहेकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले क्लबले गर्ने हरेक सामाजिक काममा नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् । उनले क्लबले गर्न लागेको महिला आत्मरक्षात्मक तालिम लगायतका अन्य सामाजिक काममा नगरपालिकाले साथ दिने बताउदै सामाजिक कामलाई निरन्तर अगाडि बढाउन आग्रह गरिन् ।
क्लवका अध्यक्ष एवं सभाका सभापति अजय पोखरेलले मेलम्ची नगरपालिकाभित्र विभिन्न किसिमका सामाजिक काम गर्नका लागि क्लब बिस्तारै अघि बढेको बताए । उनले विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसँग सहकार्य गर्दै सामाजिक रुपान्तरणका लागि क्लबले विभिन्न सामाजिक काम गर्दै जाने उल्लेख गरे ।
कार्यक्रममा बिशेष अतिथि बरिष्ट लोक गायक भीमसेन खतिवडा, ख्याती प्राप्त महिला गायिका शारदा रसाइली, सेलो तथा दोहोरि गायक बल बहादुर वाइबा, सेलो गायक सुरेश लामा, तथा आधुनिक गायक अर्जुन सुन्दास रहेका थिए । कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका थिए भने स्थानीय विद्यार्थी भाई बहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नंबर १ का विभिन्न स्थानबाट सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।           तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार