२ मंसिर काठमाण्डौ । च न पा १३ वडा कार्यालयमा आज बसेको मतदान केन्द्र बिशेष सर्वदलिय बैठकले निम्न ६ शिर्षकमा निर्णय गरि बैठक सम्पन्न गरेको छ ।
मतदाताको हकमा अन्तिम मतदाता नामावालीमा नाम समाबेश भएको तर मतदाता परिचय पत्र हराएमा नेपाल सरकार वाट जारी भएको परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न दिने । आचार संहिता पुर्ण रुपमा लागु गर्ने ।
राजनैतिक दलको प्रतिनिधत्व हुने कुनै चिज बस्तु लगाएर मतदान स्थल भित्र प्रबेश नपाउने ।
अशक्त मतदातालाई लाईनमा बस्न नपर्ने । मतदान स्थलमा मेवाइल क्यामेरा लग्न नपाईने ।अशक्त मतदाता (मत संकेत गर्न नसक्ने)को हकमा एकाघरका व्यक्तिलाई संगै जान दिने वा एकाघर नभए संरक्षकलाई संगै जान दिने ।
निर्वाचन प्रतिनिधिकाे हकमा पहिलो हुने निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा उमेदवारले मात्र राख्न पाउने तर समानुपातीकको हकमा नपाउने ।
