• ट्रेण्डिङ :

मधेशी आयोगका अध्यक्ष डा. दत्त दलित वस्तीमा किन पुगे ?

मधेशी आयोगका अध्यक्ष डा. दत्त दलित वस्तीमा किन पुगे ?

cnewsnepal

आइतबार, साउन ३१ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता गाउँपालिकामा रहेको दलित वस्तीमा अवलोकनसँगै दलित समुदायको अवस्थाबारे जानकारी लिएका छन् ।                             

त्यस वस्तीबाट केही दलित समुदायका व्यक्तिहरलाई बिचौलियाहरुले विभिन्न बहानामा भारतमा जागिर लगाउने बहनामा १८–२० घण्टासम्म काम गर्न लगाउने, खाना समेत नदिने, बिरामी पर्दा उपचार नगराइदिएकाे र केही व्यक्तिको मृत्युसमेत भएको कुरा पीडित परिवार र स्थानीयहरुले अध्यक्षलाई जानकारी गराएका छन् ।


पीडितहरुको कुरा सुनेपछि अध्यक्ष दत्तले यस्ता अमानवीय तथा अपराधिक घटनाहरुको यथाशिघ्र छानविन गरी सत्यतथ्य पता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले तुरन्त आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।                           

अध्यक्ष दत्तले समाजका हरेक समस्या समाधान र आम नागरिकहरूलाई न्यायिक तवरले समस्या समाधान गर्न पछि नपर्ने बताए । उनले भने,” अाम समस्या सानाे हाेस या ठुला समानजनक तवरबाट पिडितहरूले न्याय र राहात पाउनु ठुलाे बिषय हाे ।”


अध्यक्ष दत्तले धनुषाको सिनुरजोडा पुगी केही दिन अगाडी हिरासतमा मृत्यु भएको पल्टु सदाको घर पुगी मृतकका परिवारसँग घटनाबारे जानकारी लिएका थिए । साथै सो घटनाबारे समेत आयोगले आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने उनले बताएका थिए ।                           

अध्यक्ष दत्तले प्रदेश-२ का प्रहरी प्रमुख उमेश रन्जितकार संग  प्रत्क्षय भेटेर प्रदेशकाे समग्र सुरक्षा अवस्था को बारे जानकारी लिएका हुन् । उनले प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमजोरी आउन नदिन निर्देशन दिदै आयोगले पनि आफ्नो तर्फ बाट सहकार्य तथा समन्वय गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार