• ट्रेण्डिङ :

मध्यपुर ठिमीमा रहेकाे दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटमा प्रेसर कुकर बम फेला

मध्यपुर ठिमीमा रहेकाे दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटमा प्रेसर कुकर बम फेला

cnewsnepal

शनिबार, भाद्र ५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


५ भदौ काठमाडौ । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकामा रहेकाे एक गेष्टहाउसमा प्रेसर कुकर बम फेला परेकाे छ ।

तार जाेडिएकाे अबस्थामा पेसर कुकर बम फेला परेपछि प्रहरी घटना स्थलमा पुगेर नेपाली सेनालाई खवर गरेकाे हाे ।

प्रहरीका स्राेतका अनुसार दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटबाट बम पेला परेकाे छ ।

मध्यपुर ठिमी नगरपालिका ३ मा बलराम भासिमाकाे घरमा शिवशरण भुजुले सञ्चालन गरेकाे गेस्ट हाउसमा शंकास्पद बस्तु देखेपछि सञ्चालकले ६ वजे  प्रहरीलाई खवर गरेका थिए ।                                                     

खवर पाउन साथ प्रहरीले घटना स्थल कडन गरेर नियन्त्रणमा लिएकाे थियाे । गेष्ट हाउसकाे पहिलाे तलबाट सुरक्षित तवरले प्रेसकुकर बम निकालि नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले १० बजे र १८ मिनेट जादा डिस्पोज गरेकाे छ । बम कसैले राख्याे र किन राख्याे भने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे र मुजुल्का उठाउने काम भईरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार