• ट्रेण्डिङ :

मनमपरी भाडामा कडाई गर्दे कोटेश्वर ट्रफिक प्रभाग

मनमपरी भाडामा कडाई गर्दे कोटेश्वर ट्रफिक प्रभाग

cnewsnepal

शुक्रबार, कार्तिक ५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । मनपरि भाडा लिने सवारी साधानका विरुद्ध कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको छ ।
चाड पर्वको मोका छोपी सवारी साधनमा जथाभावी भाडा उठाने गुनासो यात्रुहरुले आउन थालेपछि कोटेश्वर ट्रफिक कडा रुपमा प्रस्तुत भएको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले आफ्ना मातहतका विभिन्न क्षेत्रमा सवारीमा चेकजाँच गर्ने गरेको छ ।
यात्रुहरुले सवारी भाडामा अनियमितता भएको गुनासो गरेपछि प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राम कृष्ण देभकोटा आफै सवारी साधनमा भाडामा हुने अनियमितता गर्नेहरुलाई कारवाही गर्न फिल्डमा खटिएका हुन् ।
उपत्यका बाहिर जाने÷आउने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको कोटेश्वर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले बताए । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याईएको छ ।
अनुगमन र गुनासाका आधारमा दर्जनौ सवारी साधनलाई कारबाही समेत गरिएको प्रहरीले जनाएको छ ।
बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०० एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने देवकोटाले बताए ।

“ठाँउ ठाँउबाट यात्रुहरुको गुनासो आएपछि हाम्रो टोली खटिएका हौं । सवारी भाडादरमा अनियमितता गर्नेसबैलाई कारवाही गर्छौं ।” प्रहरी निरीक्षक देवकोटाले भने ।

सधै सडकमा खटिने ट्राफिक प्रहरीले कारबाही मात्र नभई कोरोना जोखिमलाई मध्यनजर गर्दै सचेतना नियम पालना गराउन लागि परेको छ । कोरोनासँग सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा देखिन्छन् ।

प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।
कोटेश्वर ट्राफिकले समय समयमा जनमुखी कार्यक्रमहरु समेत गर्दे आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार