• ट्रेण्डिङ :

महानगरपालिकाे फोहर आंशिक रूपमा उठाउन सुरु(भिडियो सहित )

महानगरपालिकाे फोहर आंशिक रूपमा उठाउन सुरु(भिडियो सहित )

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१६ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहर उठाउन सुरु गरेको छ ।

दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।

जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाई छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो । https://youtu.be/hCas5sw3eZg

प्रतिक्रिया
सम्बन्धित समाचार