• ट्रेण्डिङ :

महामहानिरिक्षक थापा क्षेत्रीका ब्याचमेट एसएसपी राणा डिआइजीमा बढुवा सिफारिस

महामहानिरिक्षक थापा क्षेत्रीका ब्याचमेट एसएसपी राणा डिआइजीमा बढुवा सिफारिस

cnewsnepal

बिहिबार, साउन ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


७ साउन काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ।

प्रहरी महामहानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट समेत रहेका एसएसपी राणालाई सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

एसएसपी राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन्।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको गृहमन्त्रालयले बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार