मोरङ लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीकी एकजना जवान गंभिर घाईते भएकी छन् । उनको अवस्था गंभिर तथा चिन्ताजनक रहेको छ ।
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार गम्भीर घाईते हुनेमा सशस्त्र प्रहरी गण रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठ छिन् । विराटनगरघटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियाे । उनका अनुसार ती महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको छ ।
प्रवक्ता एसएसपी केसीका अनुसार यतिबेला मोरङका एसपी जर्नादन जिसिसहितको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार घटना स्थानीय शिक्षा विकास माबीमा भएको हो ।
गत शुक्रवार एक १४ वर्षीय बालिकालाई घरमै पुगेर एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै आज शिक्षा विकास मावि लेटाङ ५ खेरुवामा विद्यार्थी र पीडितका आफन्तले विद्यालयमा ढुंगामुढा गरेका थिए । विद्यार्थीले दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाउनुको साथै एउटा एम्बुलेन्स पनि तोडफोड प्रदर्शनकारीले गरेका छन् ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको बताइएको छ
