• ट्रेण्डिङ :

म्यान्मारबाट १२ जना नेपालीको उद्धार

म्यान्मारबाट १२ जना नेपालीको उद्धार

cnewsnepal

बिहिबार, बैशाख २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ बैशाख,काठमाडौँ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ।

टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई एकजना महिला र ११ जना पुरुषहरूलाई आज (वैशाख २४ गते) नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार