• ट्रेण्डिङ :

“युवा संघ नेपाल लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व”

“युवा संघ नेपाल लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व”

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  ६९ सदस्यीय कमिटीको उपाध्यक्षमा सुरेश भण्डारी,सचिवमा सन्तोष ओली,सह सचिवमा भुपाल शर्मा, सह सचिवमा सुधा ज्ञवाली, कोषाध्यक्षमा डेन्जिङ रायमाझी निर्वाचित भएका छन् ।

प्रदेश कमिटीमा रुपन्देहीबाट सुनिल सेन ओली, ईश्वर न्यौपाने, कृष्ण मल्ल ठकुरी, सन्त कुमार श्रेष्ठ, ध्रुव खरेल चन्द्रकान्त, रोशन खड्का, सुभाष छेत्री, विष्णु गिरी, श्रीधर दर्लामी मगर, शर्मिला जिसी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष खरेलले संघलाई विगतभन्दा थप क्रियाशील बनाई जनरोकार, भ्रष्टाचार,बेथितिका मुद्दामा सरकारलाई खबरदारी गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाउने गरी सशक्त भूमिका खेल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार