• ट्रेण्डिङ :

रङहरुको पर्व होली आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपूर्वक मनाइँदै, तराई क्षेत्रमा भोली मनाइने

रङहरुको पर्व होली आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपूर्वक मनाइँदै, तराई क्षेत्रमा भोली मनाइने

cnewsnepal

आइतबार, चैत्र ११ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपूर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ।

रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउँछन्।

केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली सभ्य बन्दै गएको छ। विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।

साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ। फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने भोली होली मनाइने छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार