• ट्रेण्डिङ :

राजमो उपाध्यक्ष पौडेललाई डेंगु संक्रमण

राजमो उपाध्यक्ष पौडेललाई डेंगु संक्रमण

cnewsnepal

आइतबार, भाद्र ३१ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेल बिरामी पर्नुभएको छ । पौडेललाई डेंगु संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौं फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

पौडेलका अनुसार उहाँलाई अस्पताल भर्ना भएको भोलिपल्टै दुई प्वाइन्ट रगत चढाइएको थियो । थप रगत चढाउने तयारी गरिएको छ ।

ह्याम्स अस्पतालका चिकित्सक डा. कुन्दन खड्काको टिमले उहाँको उपचार गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार