• ट्रेण्डिङ :

रामकाेटकाे एक घरमा आगलागी, नियन्त्रणकाे क्रममा ग्यास पड्किएर सेनाका मेजर गिरी घाईते

रामकाेटकाे एक घरमा आगलागी, नियन्त्रणकाे क्रममा ग्यास पड्किएर सेनाका मेजर गिरी घाईते

cnewsnepal

बुधबार, फाल्गुन २८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ २८ फागुन । नागार्जुन नगरपालिका रामकाेट ७ साेती गाँउमा रहेकाे एक घरमा आगलागी भएकाे छ ।

बेलुका ९:३० करेन्ट सट भएर रामकाेट ७ साेती गाँउका देवेन्द्र राज गिरीकाे घरमा आगलागी भएकाे हाे ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूका डिएसपी लाल ध्वज सुवेदीले विधुत सट भएर आगाेलागी हुदा घरमा रहेकाे ग्यास समेत विष्पाेट भएकाे बताए । आगलागी भएपश्चाल दमक र स्थानीय काे सहयनेगमा आगाे नियन्त्रण कार्यभईरहेकाे छ ।

पुरानाे ढुङ्गामाटाे र जस्ताकाे दुई तले घरमा आगाे निभाउन खाेज्दा ग्यास पड्किएर छिमेकी नेपाली सेनाका मेजर हरिहर गिरी घाईते भएका छन् । उनकाे नेपाली सेनाकाे छाउनीमा रहेकाे बिरेन्द्र सैनिक अस्पतालमा उपचार भईरहेकाे छ ।

आगाेलागि भए पश्चात् नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाकाे युद्ध कवच गण सितापाईलाकाे टाेली घटना स्थलमा रहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार