१८,जेठ,ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्।
आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सहभागी भएका राष्ट्रपति पौडेलले सो ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रा हेरेका हुन्।
गुठी संस्थान ललितपुरका कर्मचारीले मच्छिन्द्रनाथको भोटो देखाएका थिए। परम्पराअनुसार, लगनखेलबाट जावलाखेल पुर्याइएको रथको चौथो दिन भोटो देखाउने चलन छ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको पनि दर्शन गरेका थिए। भोटो जात्रामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, विभिन्न मन्त्रालयका मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
गत वैशाख ११ गतेदेखि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा भोटो देखाइएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। अन्नदाता र पानी पार्ने देवता मानेर मच्छिन्द्रनाथको पूजा गरिँदै आएको छ। अनिष्ट र अनिकाललाई टार्ने शक्तिका रूपमा समेत मानेिने भएकाले यो जात्राको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व विशेष रहेको मानिन्छ।
तस्बिरहरू :

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त