६ मंसिर काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस निकालेका छन् ।
भातृ संगठनहरूले काठमाडौंकाे, सुन्धारा,कंलकी,बालाजु, गाैशाला, काेटेश्वर लगायत ४४ स्थानमा मसाल जुलुस सहित प्रर्दशन गरेकाे हाे ।
बुधबार काठमाडौँमा उनीहरुले बिहीबारको कार्यक्रम लक्षित मसाल जुलुस निकालेका राष्ट्रिय युवा संघ काठमाडौं महानगर कमिटि अध्यक्ष दिपेश सुधाकारले बताए ।
भष्ट्रारी मुर्दावाद,गणतन्त्र विराेधी हाेसियार,प्रचण्ड सरकार राजिनामा दे लगायत नारा जुलुस सहित विराेध प्रर्दशन गरेकाे छ ।
राष्ट्रिय युवा संघ नेपालले भाेली तिनकुने क्षेत्र हुने प्रर्दशनकाे पुर्व सन्ध्यामा महानगर कमिटिले विशाल जुलुस निकालेकाे र प्रहरी वृत्त जनसेवाका डिएसपी भेषराज रिजालकाे नेतृत्वको टाेलीले नियन्त्रणमा लिएकाे थियाे ।
आरआर क्याम्पससहित उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।
