• ट्रेण्डिङ :

राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन माघ ११ गते (मन्त्रिपरिषदका निर्णयसहित)

राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन माघ ११ गते (मन्त्रिपरिषदका निर्णयसहित)

cnewsnepal

बुधबार, मंसिर १३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय सरकारले गरेको छ।

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय पनि सरकारले गरेको छ।

यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार